४२ जनाको विदेशी सैन्य डफ्फा नाराणहिटी छिर्यो

४२ जनाको विदेशी सैन्य डफ्फा नाराणहिटी छिर्यो

नेपाल भ्रमणमा रहेको बंगलादेशी सैन्य टोलीले हिजो नारायणहिटी दरबार संग्रहालयको अवलोकन भ्रमण गरेको छ । डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाफ कलेज मिरपुरमा तालिम लिइरहेको टोली हिजो त्यहाँ पुगेको हो ।

शिक्षार्थी अधिकृतहरुको ४२ सदस्यीय टोलीले दिउँसो १ बजेदेखि झण्डै ४ बजेसम्म उक्त संग्रहालयको भ्रमण गरेको जानकारी दिइएको छ ।

टोलीले हिजै मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरीबल प्रशिक्षण प्रतिष्ठानको पनि भ्रमण गरेको छ । उनीहरुले बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म अवलोकन भ्रमण गरेका थिए ।

टिप्पणीहरू