सिके राउतको १४ वर्षे यात्रालाई के भन्ने ?
– गणेशकुमार मण्डल
स्वतन्त्र मधेशलाई अलग देश बनाउने मुद्दामा असफल ! अहिंसात्मक आन्दोलनमा असफल भएपछि लाठीभाटा र मोसोको सहारा लिएर हिंसात्मक मार्गमा लागे तर त्यो मार्ग पनि फेल भइदियो ।
ओलीसँग ११ बुँदे सम्झौता गरी जनमतसंग्रहको भ्रम जनतामाझ बाँडे । त्यसमा पनि असफल भए । रेशम चौधरी थरुहट अधिकारका लागि जेल परेका हुन् भने सिके स्वतन्त्र मधेशको नाममा तर सिकेले सरकारसामु आत्मसमर्पण गरी जेलबाट ज्यान जोगाएर निस्के । रेशम आफ्नो मुद्दामा अडिग रहेकै कारण उनको पार्टीले थारु एरियामा राम्रो प्रभाव पारेको छ । २–३ सिट संघीय संसदमा जित्ने पक्कापक्की नै देखिन्छ तर सिकेको एक सिट पनि कतै आउलाजस्तै लाग्दैन । न ३ प्रतिशत थ्रेस होल्ड नै कट्ने छाँट छ । जेल र चुनावी रणनीतिमा पनि सिके फेल भएकै देखिन्छ ।
स्थानीय तहको निर्वाचनमा पनि सिके सफल भएनन् । उनले सबैभन्दा बढी उम्मेदवार उठाए तर जित भने सबैभन्दा कम हासिल हुन सक्यो । अरु पार्टीमा टिकट नपाएपछि सिकेको पार्टीमा छिरेर दुई जनाले टिकट लिई लडेकोमा सिर्फ मेयरमा जिते, बाँकी आफ्नोकार्यकर्ता कहीँ कतै जितेनन् । सिकेले देशभरिबाट १ लाख १५ हजार जम्माजम्मी मत ल्याए । त्यो पनि १४ वर्ष मधेसमा राजनीति गरेर ।
जसपा र लोसपाका ३६ जना सांसद हुँदा त संविधानको कमा, फुलस्टपसम्म परिवर्तन गर्न सकेनन् भने सिकेले कसरी एउटा दुइटा सांसद लिएर यताउता गर्न सक्छन् ?
बालेन मोडेलमा पनि सिके फेल हुने पक्का छ । बालेन मोडेल भनेको पुराना पुस्ता या नयाँ पुस्ताको राजनीति गर्ने होइन, मधेसी–पहाडीको खाडल खन्ने, जातिपाती र परिवारवाद गर्ने पनि होइन । त्यसैले सम्पूर्ण स्वतन्त्र उम्मेदवार राष्ट्रिय झण्डा ओढेर भोट मागिरहेका छन् । सक्षम व्यक्ति सदनमा जाउन्, ती पूर्णरूपमा स्वतन्त्र रहुन्, जसमाथि पार्टीको कुनै किसिमको ह्वीप, दबाब र प्रभाव नलागोस्, त्यो बालेन मोडेल हो, जुन सिकेमा कुनै तरिकाले पनि लागू हुँदैन ।
हिटलरले आफ्नो पार्टीमा दोस्रो नेता कसैलाई बन्न दिएनन्, सर्वेसर्वा आफैँ थिए । हिटलरको पार्टीमा हिटलरकै गीत गाउनुपथ्र्याे । हिटलरकै खुशीलाई सबैको खुशी सम्झिनुपथ्र्याे । हुबहु शैली सिके राउतले पनि अपनाएको देखिन्छ । २१औं शताब्दीमा यो मोडेल कदापि सफल हुन सक्दैन किनभने हात हातमा आधुनिकता र टेक्नोलोजी पुगेको छ ।
२०६४ सालदेखि अहिलेसम्म मधेशी दलहरूबाट संघीय सदनमा प्रतिनिधित्व छ तर कहिल्यै कुनै विधेयक मधेशी सांसदहरूले सदनमा पेश गरेर पास गराउन सकेको रेकर्ड छैन । सिकेका एक–दुई जना सांसद सदनमा मानौँ जितेर गैहाले भने तिनले कसरी मधेशीहरूलाई अधिकार दिलाउन सक्छन् ? अहिलेको संसदमा जसपा र लोसपाका ३६ जना सांसद हुँदा त संविधानको कमा, फुलस्टपसम्म परिवर्तन गर्न सकेनन् भने सिकेले कसरी एउटा दुइटा सांसद लिएर यताउता गर्न सक्छन् ? प्रदेशहरूको अहिलेको गलत संरचना एक/दुई जना सिकेका सांसदले फेर्न सक्छन् ?
मधेशमा जन्मिएको जातिवादको विकल्प परिवारवाद कदापि हुन सक्दैन । यसमा पनि सिके फेल । परिवारवादबाट श्रीलंका कसरी तहसनहस भयो ? मधेशी युवालाई रोजगारी दिने र दुई–चारवटा प्रदेश सांसद जितेर पनि सुशासन कायम गर्ने प्रष्ट खाका सिके राउतसँग छैन । छ भने देखाउन सकेको छैन । दुई–चारवटा प्रदेश सांसद जिते पनि म १० लाख युवालाई रोजगारी दिन र सुशासन कायम गर्न सक्छु भन्न सकेको पाइन्न ।
सप्तरी दुई नम्बरमा उपेन्द्र यादवको जातीय जनसंख्या ३० हजार छ, जयप्रकाश ठाकुरको फर्वाड जात पनि राम्रो संख्यामा छ तर सिके राउतसम्बद्ध राजधोब जातिको संख्या त्यहाँ जम्माजम्मी १ हजार मात्रै छ । त्यसैले उनको १४ वर्षे यात्रा पूर्ण रूपमा असफल रहेको देखिन्छ ।
मधेशको त बुझीसाध्य छैन मर्म
वैशाख ३० गतेसम्म कुशासन कस्तो भने तेज विद्यार्थीले पाउने छात्रवृत्ति वा ज्येष्ठ नागरिकले पाउने वृद्धभत्ता बैंक खातामा नपठाएर मालिकले मन लागेजति दिने र बढी रकममा हस्ताक्षर गर्न लगाउने, केही पनि पुर्जा नदिने थियो ! हाम्रो वडालगायत समग्र मधेशको साझा समस्या के हो भने दशैंभरि एकाह सीताराम नाम २४ सै घण्टा लाउडस्पिकरमा बजाउने, जसले गर्दा आफ्नो घर बीच बजारमै परेकाले किर्तन नसकुञ्जेल १ घण्टा पनि सुत्न नपाउने । आँखा राताराता हुने र निद्रा नपुगेर विभिन्न रोगस“गै झर्काे लाग्ने ।
स्कुले विद्यार्थीको बिहान–बेलुका पढाइ हुन्छ तर तिनले सुत्ने बेला स्पिकर नबजाउनुस् भन्दा कसले सुन्ने ? गाउँतिर फेसबुक, टिकटकले यतिसम्म प्रभाव पारेको छ कि छाडा शब्द छ्याप्छ्याप्ती । सचेत वर्गका केहीलगायत अन्यमा एउटा भयंकर रोग के देखियो भने अरूको आली, खेत, घरजग्गा बिस्तारै सिमाना सार्दै वा उखेलेर फाल्दै कब्जा गर्दै जाने, जुन समस्या फस्र्याेटले वडाध्यक्षको बढी समय लिन्छ । यस्ता लालपुर्जा र नक्शासहितको जग्गा नापी गर्न छरछिमेक र वडाध्यक्ष तयार रहेको अवस्थामा लुकिदिने अनि एक्लै नापेर कब्जा गर्न खोजेको पाइन्छ ।
यिनीहरूले अरूको लालपुर्जावाला जमिन खाने र चापाकलको पानी अरूको घरमा रसायन मिसाएर दनेसम्मको हर्कत गर्ने गरेका छन् । यसरी एकातिर सडकमा पानी, अर्काेतिर नाला नहुने र सडकमाथि माटो हालेर ढलान गर्ने परिपाटीले आज उच्च पारेर बनाएको घर जम्मा १५–२० वर्षमा सडकको सतहभन्दा तल पुगेर उल्टै सडक र वर्षातको पानी पस्ने अवस्था छ । यो समस्याबाट म स्वयं पीडित छु । यी समस्याका अलावा अझै गाउँमा बिजुलीबत्ती हुकिङ गरी चोरेर बाल्ने, एनटिसी–एनसेलको एउटै टावर नहुँदा फोन, डेटा केही नचल्ने, चापाकलको लगायत थुप्रै अप्ठ्यारा छन् ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)
टिप्पणीहरू