कमरेडहरु किन आफ्नै मान्छेलाई कुट्न तम्सन्छन् ?
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत संस्थापक नेताहरुको ठूलोपंक्ति बाहिरिएसँगै केन्द्रमा विरोधीशून्य पार्टी चलाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि तलबाट भने क्रमश: चुनौती तेर्सिन थालेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्काएर वैकल्पिक नेतृत्वमा स्थापित गर्ने योजनाअन्तर्गत सक्रिय हुँदै आएका नेताहरुले जिल्ला तहमा प्रभाव बिस्तार गर्न थालेपछि ओली अप्ठेरोमा पर्ने देखिएको हो ।
कुनै समय अध्यक्ष ओलीको 'अन्धभक्त हनुमान' को पगरी गुथिएका पोलिटब्युरो सदस्य तथा सांसद गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेबाट मोर्चाबन्दी शुरु भएको छ । पछिल्लो समय ओलीको दपेटाईमा परेपछि बाँस्कोटा पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा सक्रिय गराउन भित्रभित्रै सक्रिय रहँदै आएका छन् ।
कित्ता फेरेकै कारण संस्थापनसँग टसल परिरहेका बेला पार्टीको जिल्ला अधिवेशनमा गोकुल पक्षीय नेतालाई सोत्तर पारिएको थियो । अधिवेशन उद्धघाटन गर्न गएका अध्यक्ष ओलीले सँगै मञ्चमा रहेका गोकुलमाथि दह्रो कटाक्ष गरेका थिए । तर, अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको जिल्ला अधिवेशनमा उनले आफ्नो सामर्थ्य देखाइदिएपछि समानान्तर कमिटी गठन भएको छ । त्यसअघि अधिवेशनस्थलमा चर्कै मारमुंग्रीसमेत भयो ।
गत शुक्रबार बनेपामा अनेरास्ववियुको ३१ औँ जिल्ला सम्मेलन आयोजना गरिएको थियो । पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सम्मेलन उद्घाटन गरे । तर, त्यसको केही घण्टा नबित्दै केन्द्रीय सदस्य सुनिता थापाले विघटित जिल्ला कमिटीका अध्यक्ष मिलन गौतमलाई आक्रमणको प्रयास गरिन् । उनका श्रीमान सुरेश भुजेल पानस बोकेर आक्रमणमा उत्रिए । पनौतीका गुञ्जन बज्जारा र हेमराज हुमागाई नाराबाजीमा उत्रिए ।
पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सम्मेलन उद्घाटन गरे । तर, त्यसको केही घण्टा नबित्दै केन्द्रीय सदस्य सुनिता थापाले विघटित जिल्ला कमिटीका अध्यक्ष मिलन गौतमलाई आक्रमणको प्रयास गरिन् । उनका श्रीमान सुरेश भुजेल पानस बोकेर आक्रमणमा उत्रिए । पनौतीका गुञ्जन बज्जारा र हेमराज हुमागाई नाराबाजीमा उत्रिए ।
अध्यक्ष मण्डलका अध्यक्ष प्रकाश रोक्काले कार्यतालिकाअनुसार बन्दसत्र सन्चालनको अनुमति दिइरहे भने प्रतिवेदनहरु पास हुँदै गए । निर्वाचित कमिटीको नाम घोषणा गरियो । पार्टी जिल्ला अध्यक्षमा पराजित चन्द्र लामा (गोकुल पक्षीय) सहितका नेताहरु होटलको कुनामा बसिरहेका थिए । अधिवेशन सकिएर हल बुझाएर हिडेको केही मीनेटमा सो समूहले अर्काे कमिटीको नामावली फेसबुकबाट सार्वजनिक गरिदियो ।
जिल्ला अधिवेशनबाट राजन भुर्तेल विजयी भएका थिए । निर्वाचनमा भएको पराजय अहिले धमाधम भातृ संगठन र पालिका कमिटीहरुमा देखिन थालेको छ । एमालेभित्र गुट चलाउनेहरु एकीकृत समाजवादीमा गएको भए पनि फेरि अर्काे समूह सक्रिय भएको छ ।
त्यसो त, यसअघि पनि जिल्ला र प्रदेश अधिवेशनका दौरान कतिपय ठाउँमा संस्थापन पक्षले अघि सारेका उम्मेदवार पराजित भएका थिए । अध्यक्ष ओली आफैँ उपस्थित भएर सर्वसम्मत गर्न दिएको निर्देशन कार्यकर्ताले अस्विकार गरिदिएका थिए ।
अखिलको अधिवेशनमा भएको लफडाको बाबजुद एमाले काभ्रेले भने संगठन विस्तारलाई व्यापक बनाउँदै लैजाने दावी गरेको छ । पुस महिनाभित्र जिल्लाका १३ वटै पालिका कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णयलाई कार्यान्वन गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । अध्यक्ष राजन भुर्तेलले सबै पालिका कमिटीको अधिवेशन गर्ने निर्णय जिल्ला कमिटीले गरेको बताए ।
२०८१ सालभित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने केन्द्रीय कमिटीको निर्णय कार्यन्वयनमा लैजाने निर्णय पनि भएको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले टोलसम्मै कार्यकर्ता परिचालन गर्ने र कमिटी निर्माण गरिने बताएका छन् ।
नताका समस्यासमेत पहिचान गरी' उनीहरूलाई साथै लिएर पार्टी कमिटी र जनसंगठनहरु वडा तहमा पुर्याउने अध्यक्ष भुर्तेलको दावी छ ।
टिप्पणीहरू