नगरकोट पुगेर सरकार र अदालतसँग सभामुखको चित्त दुखाइ

नगरकोट पुगेर सरकार र अदालतसँग सभामुखको चित्त दुखाइ

सभामुख देवराज घिमिरेले सरकार र न्यायालय सही बाटोमा हिँड्न नसकेकाे भन्दै गुनासो पाेख्नुभएकाे छ । 

आज नगरकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले न्यायालयले न्याय दिन नसकेको र सरकार संसदसँग तर्केर हिँडिरहेको बताउनुभएको हो । संसदबाट पारित भएको कार्यक्रम ऐनसरह हुने भएकाले त्यसमा अदालते हस्तक्षेप गर्न नपाउने सभामुख घिमिरेको भनाई छ । 

‘सञ्चार र अरुसँग त हाम्रो राम्रै सम्बन्ध छ । तर, न्यायालयले चाहिँ छानी छानी... । संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम उल्टाइयो । सर्वोच्चले ऐन नै खारेज गर्ने अधिकार कसरी पायो ?’

गत वर्ष भदौमा संवैधानिक इजलासले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज गर्न दिएको आदेश स्मरण गर्दै उहाँले भन्नुभयो, ‘सञ्चार र अरुसँग त हाम्रो राम्रै सम्बन्ध छ । तर, न्यायालयले चाहिँ छानी छानी... । संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम उल्टाइयो । सर्वोच्चले ऐन नै खारेज गर्ने अधिकार कसरी पायो ?’

उक्त आदेशविरुद्ध बोल्ने सांसदहरुलाई मानहानीको मुद्धा लगाइएकोमा पनि सभामुख घिमिरेले असन्तुष्टि जनाउनुभयो । ‘माननीयज्यूहरु विरुद्धको मानहानी मुद्धा अहिले पनि चलिरहेको छ । उहाँहरु मकहाँ त्यसको शुल्क माग्न आइरहनुहुन्छ’, उहाँले भन्नुभयो ।

त्यस्तै, सरकारले अफ्ठ्यारो अवस्थामा मात्रै संसद सम्झिएकोमा सभामुखको चित्त दुखाइ छ । संसद सरकार जन्माउने आमा भएको बताउँदै भन्नुभयो, ‘आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, तर्किने जे गरेर हिँडिरहेको छ, त्यो ठीक भएन ।’

टिप्पणीहरू