महिला ओसार्ने अवैध नाकामा के के भनियो ?

महिला ओसार्ने अवैध नाकामा के के भनियो ?

कपिलवस्तुको कृष्णनगरमा महिला बेचबिखन तथा घरेलु हिंसा नियन्त्रणसम्बन्धी कार्यक्रम गरिएको छ । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अवैध तरिकाले महिलालाई भारत पुर्याउने नाकाको रुपमा परिचित कृष्णनगरमा आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण मात्र नभएर गाउँ समाजमा हुने विभिन्न खालका लैंगिक हिंसा तथा विभेदीकरणको अन्त्य गरिनुपर्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै अघि बढिने छ ।’

कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साह,जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीलगायत हुनुहुन्थ्यो । त्यसैगरी विभिन्न राजनीतिक दलका प्रतिनिधि,समाजसेवी, बुध्दिजीवी, मानवअधिकारकर्मी, जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थीको पनि सहभागिता थियो ।

कार्यक्रम मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति कपिलवस्तु आयोजक एवम् कृष्णनगर नगरपालिका र माइती नेपालद्वारा सञ्चालित हाम्रो सम्मान परियोजनाको सहकार्यमा भएको हो ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानलाई १४ औँ दिनमा जनचेतना फैलाउने उद्देश्यले हिजो कार्यक्रमको आयोजना गरिएको हो ।

टिप्पणीहरू