एसम्यानले भरिए अर्थ मन्त्रालय

एसम्यानले भरिए अर्थ मन्त्रालय

अहिले अर्थमन्त्री जनार्दन शर्माले अर्थ र करका विज्ञहरूलाई लखेटेर गृहका क्याडर मन्त्रालयमा भरेका छन् । मन्त्री शर्माले बाबुराम गौतम, नारायण सापकोटा, झक्क आचार्य, शोभाकान्त पौडेल, ज्ञानेन्द्र पौडेल, श्यामप्रसाद भण्डारी, उमाकान्त आचार्यहरू त्यहाँबाट लखेटिएका छन् भने बजेट तथा कार्यक्रम महाशाखामा भित्र्याइएका छन् चक्रबहादुर बुढा ।

रमेश केसीलाई वित्तीय क्षेत्र समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । केसीसँग यसअघि कास्की र मोरङको प्रमुख जिल्ला अधिकारी चलाएको अनुभव छ । यसअघि काठमाडौंको सिडिओ चलाएका केदार शर्मालाई कप्रको हाकिम बनाएर ल्याइएको छ । यस्तै, उपसचिव अर्जुन भण्डारीलाई प्रशासन महाशाखाको अलावा कर्जा तथा निक्षेप सुरक्षण विभागको हाकिम बनाइएको छ ।

अहिले कर्मचारी सरुवा बढुवामा उनै भण्डारी हावी हुने गरेको अर्थका कर्मचारीहरू बताउँछन् । यसअघि विना मगरसँग काम गरेका रितेश शाक्यलाई अहिले आन्तरिक राजश्व विभागको हाकिम बनाएइएको छ भने कमलप्रसाद भट्टराईलाई भन्सारको हाकिममा खटाइएको छ । यसअघि ललितपुरको प्रजिअ रहेका ढुण्डीप्रसाद निरौलालाई अर्थमा भित्र्याएर प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू