बनेपामा गुडिरहेको बस घरको गेटमा, एक दर्जन यात्रु अस्पतालमा
बनेपामा आज भएको बस दुर्घटनामा एक दर्जन घाइते भएका छन् । बाँसडोलबाट बनेपातर्फ जाँदै गरेको बा.२ ख ९४५६नम्बरको बस अनियन्त्रित भएर थुम्कास्थित शिवप्रसाद ज्ञवालीको पक्की घरको गेटमा ठोक्किएको बताइन्छ ।
बसमा सवार ३० जनामध्ये एक दर्जन घाइते भएका छन् । उनीहरुको शिर मेमोरियल अस्पताल बनेपामा उपचार गरिएको छ । बस ठोक्किएकाले घरको अगाडिको भाग क्षतिग्रस्त देखिन्छ ।
बस चालक बाह्रबिसेका २५ वर्षे मिलन सापकोटाको अनुहारमा चोट लागेको छ भने स्थानीय २२ वर्षीया सविता थापाको दुई वटा द…