पानीमा डुबेर मर्नेको संख्या डरलाग्दो ढंगले बढ्दै
चितवनमा आफ्नै घर नजिकैको पोखरीमा डुबेर केही दिनअघि एक बालकको ज्यान गयो । भरतपुर महानगरपालिका वडा नम्बर–१७, लप्टनडाँडाका ६ वर्षीय प्रिन्स सुनारको पोखरीमा डुबेर निधन भएको हो । घर नजिकै खेलिरहेको अवस्थामा चिप्लिएर पोखरीमा खसेका उनको अवस्था गम्भीर भयो । उपचारार्थ जिल्ला अस्पताल भरतपुर पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उता पाँचथरमा पौडी खेल्न गएका एक किशोरको पनि पोखरीमा डुबेर मृत्यु भएको छ । याङवरक गाउँपालिका वडा नम्बर–५, कुवापानी…