दुर्घटना

बाढीले दोलखामा चरिकोट–सिंगटी सडक बगायो

लगातारको वर्षापछि आएको बाढीले दोलखाको दोस्रो प्रमुख सडक बगाएको छ । कालिञ्चोक गाउँपालिका–४ को बञ्चरे नजिकै चिउरीखर्कमा चरिकोट–सिंगटी सडकको केही भाग बाढीले बगाएको छ ।  बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । सो क्षेत्रका अन्य सडकमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । हिजोदेखि मुलुकका अधिकांश भागमा वर्षा भइरहेको छ । आज र भोलिसम्म ठूलो वर्षा हुने सम्भावना रहेकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Page 42 of 98