दुर्घटना

बाँस काट्न गएका किशोर करेन्ट लागेर बिते

ताप्लेजङमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । मेरिङ्देन गाउँपालिका–४ बस्ने १९ वर्षीय मिलन नाल्बो लिम्बुको करेन्ट लागेर निधन भएको हो ।  सोही ठाउँस्थित साउथ एसियन कन्सट्रक्सनमा क्रसर प्लान्ट काम गर्ने उनी हिजो दिउँसो बाँस काट्ने क्रममा बिजुलीको पोलमा पर्न गई गम्भीर घाइते भएका थिए । तत्कालै उपचारार्थ जिल्ला अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page 44 of 114