दुर्घटना

मकवानपुरमा पिकअप गाडी दुर्घटना

भीमफेदी गाउँपालिका–२ भैंसेस्थित सेनाको कालिप्रसाद गणनजिकै पीकअप गाडी दुर्घटना भएको छ । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत आज बिहान हेटौंडाबाट दामनतर्फ आउँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भएर नालीमा जोतिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पिकअप  दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएको बताइन्छ ।उपचारको लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ । घटनाको थप बिवरण भने आउन बाँकी छ ।

Page 45 of 81