दुर्घटना

हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको निधन

युद्धग्रस्त मुलुक युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै भएको दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको हो ।  दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् ।  घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन ।

Page 43 of 81