भारतीय प्रहरीको गाडी,नेपाल छिर्यो बाटो नछाडी
हिजो बुधबार साँझ नेपाल भारत सिमानामा एक रोचक दृश्य देखियो । सीमा नाकामा हुने भारतीय कडा चेकिङ छिचोल्दै उतैको नम्बर प्लेटवाला गाडी नेपालतर्फ हान्नियो मानौँ कि कुनै साउथ इण्डियन फिल्मको सुटिङ हुँदैछ ।
कस्टमले पनि रोक्न सकेन र गाडी नेपाल छिर्यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो । गाडी अगाडि हुत्तियो कसैले भेउ पाएनन् तर एक सर्वसाधारणले जिल्ला एसपीलाई फोन लगाए कुनै दुर्घटनाको गाडी चन्द्रौटातर्फ गयो भनेर ।
"४ वटा मोटरसाइकलबाट घेरा हाली गाडी नियन्त्रणमा लिइयो जसमा…