खाँचो भन्दै खान दिने हो खुराक ख्वाप्पै ?
हामीलाई संसारको अर्को कुनासम्म छुन आफ्नै जहाज आवश्यक छ तर खाँचो प¥यो भन्दैमा नियम, कानुनको धज्जी उडाएर व्यक्ति मोटाउने खेलमा सिंगो राज्यसंयन्त्र फस्नु कत्तिको उपयुक्त होला ? हामीसँग राजधानीबाट १५ देखि २५ मिनेट दूरीका सिमरा, पोखरा, भरतपुरसम्मको उडानलाई नियमितता दिने हुती छैन तर सीधै युरोप हान्ने सपना देखाइँदै छ । भएका ट्विनअटर र वाई– १२ चलाउन नसकेर तारा एअरलाई भाडामा दिनुपरेका बेला ‘म दूरसञ्चार संस्थानको महाप्रबन्धक हुँदाका अध्यक्ष लोकमानसिंह कार्की अहिल…