समाचार

मध्यराति कमरेडबीच, मारमुङ्ग्री

जनयुद्धताका जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराबिना रात बिताउन नसक्ने हालतमा पुगेका छन् । चपक्क पिएर थपक्क निदाए त हुन्थ्यो तर नशाको रन्कोमा आफ्नै सहकर्मी भकुर्न तम्सिएपछि भने कस्ता–कस्ता मै हुँ भन्ने कम्युनिष्टको समेत खुट्टी देखेरै पत्याउनुपर्ने स्थिति सिर्जना भएको हो । कामरेडका विद्रोही कुराले दुनियाँ थर्कमान त छन्, तर सेन्तेरेम लाएपछि मध्यराति आफ्नै साथी थर्काउन थाल्दा विप्लव माओवादीभित्र महाभारत मच्चिएको छ । पोखरास्थित होटल मुनु…