३५ वटा युट्युब च्यानल विशेष निगरानीमा, कारबाही हुँदै
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको बुझिएको छ । काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु,त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार पार्ने निर्णय गरेको हो । काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा सिफारिस गर्ने र यस्ता च्यानलले…