जसपाका एक जना सांसद थपिएको निर्वाचन आयोगद्वारा पुष्टि
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) की नेतृ मन्जु शर्मालाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको जनाएको छ । आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको बताइएको छ ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधनपछि रिक्त स्थानमा शर्मालाई निर्वा…