विदेशमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता सुनिस्चित
सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन शुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगारीमा रहेका श्रमिक लक्षित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेसँगै उनीहरुको आवद्धता सुनिश्चित भएको हो । प्रधानमन्त्रीले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर योजनाको औपचारिक सुरुआत गर्…