सुर्खेत उडेको बुद्ध एअरको विमान नेपालगञ्जमा अवतरण

सुर्खेत उडेको बुद्ध एअरको विमान नेपालगञ्जमा अवतरण

आज दिउँसो काठमाडौैंबाट सुर्खेततर्फ उडेको बुद्ध एअरको विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एअरको बीएचए १३५ उडानको विमान खराब मौसमको कारण नेपालगञ्ज डाइभर्ट भएको बताइएको छ ।

काठमाडौंबाट दिउँसे सवा ३ बजे उडेको उक्त विमानमा नेपालगञ्जमा साढे ४ बजे अवतरण गरेको हो । विमानमा कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेसहित चालक दलका चार जना र अन्य ५० जना यात्रु थिए । नेपालगञ्जबाट सोही विमान सवा ५ बजे सुर्खेततर्फ उडेको जनाइएको छ । 

आजै बुध्द एयरको विमान बिहान साढे ७ बजे सुर्खेत उड्नुपर्नेमा मौसमको खराबी भन्दै बिहान पौने १० बजे काठमाडौंबाट उडेको थियो । विमान सुर्खेतबाट सवा ११ बजे काठमाडौं फिर्ता भएको थियो ।

टिप्पणीहरू