झण्डै ३ करोड पञ्जाबीको इन्टरनेट बन्द

झण्डै ३ करोड पञ्जाबीको इन्टरनेट बन्द

भारतीय अधिकारीहरुले पञ्जाब राज्यका २ करोड ७० लाख नागरिकको इन्टरनेट सेवा बन्द गरिदिएका छन् । उनीहरुले पृथकतावादी आन्दोलन गरेको भन्दै भारत सरकारले तेस्रो दिनको आन्दोलन शुरु हुँदै गर्दा इन्टरनेट सेवा अवरुद्ध तुल्याइदिएका हुन् ।

पञ्जाब राज्य सरकारले अस्ति शनिवार पञ्जाबी पृथकतावादी आन्दोलनकारीहरुका नेता अमृतपाल सिंहको इन्टरनेट २४ घण्टाको निम्ति बन्द गरिएको जानकारी गराएका थिए । खालिस्तान आन्दोलन जारी राखेको सिंह समूहले सिख धर्मावलम्बीहरुको छुट्टै मुलुक स्थापनाको माग चर्काउँदै आएको छ ।
पञ्जाब प्रहरीले गलत सूचना,जानकारी र समाचार संप्रेषण गरिएकाले उक्त कार्य रोक्न इन्टरनेट सेवा बन्द गरिएको जनाएको छ । ‘समाजमा अफवाह नफैलियोस् भन्ने उद्देश्यले इन्टरनेट बन्द गरिएको हो,’ पञ्जाब प्रहरीको भनाइ छ ।

पञ्जाबका सडकमा सिंहका हजारौं समर्थकहरु तरबार र लाठी बोकेर हिँडेको भिडियो सामाजिक सञ्जाल तथा टेलिभिजनमा देखाइएको छ । अवस्था खराब हुनसक्ने आकलनसङ्गै त्यहाँ व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको अन्तर्राष्ट्रिय समचार एजेन्सीहरुले जनाएका छन् । आज दिउँसोसम्म पञ्जाबमा ११२ जना प्रदर्शनकारी पक्राउ परेका छन्  ।
 

टिप्पणीहरू