राजनीति

उपेन्द्रका नेता माला लगाउँदै माओवादीमा मिसिए

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका नेता तथा पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा समाहित भएका छन् । ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत आज सर्लाहीको मलंगवामा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई खादा र सयपत्री फूलको माला लगाएर माओवादीमा स्वागत गर्नुभएको जनाइएको छ । आजदेखि माओवादी बनेका साह २०७४ को आम निर्वाचनमा सर्लाही– १ बाट संघीय सांसद निर्वाचित भएका थिए ।…

Page 251 of 925