पूर्व राजालाई घर भित्र्याउन ढोकैमा कोणसभा
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै राजावादीहरुले महाराजगञ्जस्थित निर्मल निवास बाहिर कोणसभा गर्ने भएका छन् । सोही बेला पूर्व राजाको अभिनन्दन पनि गर्ने तयारी रहेको स्रोतले बताएको छ ।
दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलदेखि सिनामंगल,गौशाला, चाबहिल,महाराजगञ्ज हुँदै निर्मल निवाससम्म राजावादीहरुले जय जयकार गर्दै छन् । शाह दिउँसो ३ बजे समिट एअरको चार्टर्ड उडानमा पोखराबाट आउने बुझिएको छ ।
उक्त विमान कम्पनी नेपालगञ्ज बेस्ड एअरलाइन्स हो । ने…