डोनाल्ड ट्रम्पलाई छिमेकी देशका भावी प्रधानमन्त्रीको चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आक्रामक र होच्याउने प्रवृत्तिसँग क्यानाडा र बेलायती केन्द्रीय बैंकमा गभर्नर भइसकेका मार्क जोसेफ कार्नीले मुकाबिला गर्ने बताएका छन् । क्यानाडियन सत्तारुढ दल लिबरल पार्टीको नेतामा चुनिएका ५९ वर्षे कार्नी मुलुकको नयाँ प्रधानमन्त्री बन्ने पक्का छ ।
एक लाख ५२ हजार पार्टी सदस्यमध्ये ८६ प्रतिशतको बिश्वास जितेर उनी जस्टिन ट्रुडोपछि नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उनले ‘आफूहरुको अर्थन्त्रलाई कम…