गृहमन्त्रीका लागि राज्यका अंगहरुलाई 'वासिङ मेसिन' बनाइएको आरोप
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सरकार 'वाशिङ मेसिन' बनेको आरोप लगाएका छन् ।
आज प्रतिनिधि सभामा बैठकमा बोल्दै उनले गृहमन्त्रीलाई चोख्याउन सरकारले राज्यका संयन्त्रहरु दुरुपयोग गरेको दाबी गरे ।
'राज्यका तमाम अगंहरुलाई वाशिङ मेसिन जसरी प्रयोग भयो । अब तपाईहरुले धोएर धुइन्न, पखालेर, पखालिदैन', थापाले आक्रोशित हुँदै भने, 'दुधको दुध, पानीको पानी संसदीय…