आयोग र सात सांसदविरुद्ध सर्वोच्च पुगे उपेन्द्र
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आज बिहान उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएसँगै यादवले सर्वोच्च पुगेर रिट दायर गरेका हुन् ।
गतसाता जसपा नेपालबाट अलग भएर अशोक राईलगायतले आयोगमा जनता समाजवादी पार्टी दल दर्ताको निवेदन पेश गरेका थिए । आयोगले भोलिपल्टै जसपालाई मान्यता दिएपछि यादवले सोही विषयमा आयोग र सात सांसदविरुद्ध रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे…