चार्टड एकाउण्टेनको कार्यक्रममा राष्ट्रपति- पारदर्शिता र सुशासन एक अर्काका पूरक
राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताउनुभएको छ ।
नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । लेखा व्यवसायीहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरुमा पारदर्शिता कायम गर्न योगदान पुगेको राष्ट्रपति पौडेलको भनाई छ ।
विदेशी दातृ निकाय र मित्र राष्ट्रहरुले सहयोग गर्दा खर्च र हिसाव प्रणालीको पारदर्शीतामा ध्यान दिने उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक विकास …