नेपाल र चीनबीच अर्थ मन्त्रालयमा हस्ताक्षरको तयारी
अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष लुओ चोउहुईबीच बीच भेटवार्ता हुँदै छ ।
सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल र नेपाली अधिकारीहरुबीच बिहान साढे १० बजे अर्थ मन्त्रालयमा औपचारिक छलफलको कार्यक्रम राखिएको छ । आजै नेपाल र चीनबीच आर्थिक समझदारीमा हस्ताक्षर हुने बताइएको छ ।
हिजो राति पौने १० बजे सारजाँहबाट एअर अरेबियाको उडानमा काठमाडौं आइपुगेको टोलीमा तिओ चुुनशु, उ छिन, यान चियी, चाङ लिआङ, वाङ यी हुन् । त्यसपछि साढे ११ बजे फ्लाई …