एमालेमाथि वैद्यको कटाक्ष :हिरक जयन्तीको नाममा गतिलो भाइ काँग्रेस बन्दै
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले नेकपा एमालेलाई 'भाइ कांग्रेस' बन्ने दौडमा रहेको पार्टी भन्दै कटाक्षपूर्ण टिप्पणी गरेका छन् । एमालेले आफूलाई भाइ काँग्रेस बनाउनका लागि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा हिरक जयन्ती मनाएको वैद्यले बताए ।
आज १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै बैद्यले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसद…