प्रदेशमा नलडेको रास्वपाले स्थानीय नछोड्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिरमा हुने भनिएको उपनिर्वाचनमा सहभागिता जनाउने भएको छ । प्रदेश तहको निर्वाचन 'बहिष्कार' गरेको सो पार्टीले मिति घोषणा नहुँदै स्थानीय तहमा हुने उपचुनावका लागि भने तयारी थालेको हो ।
आज बसेको केन्द्रीय समितिको बैठकले देशभर चुनाव लक्षित पार्टी गतिविधि सन्चालन गर्ने निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा 'स्थानीय तहको आसन्न उपनिर्वाचन लक्षित पार्टी गतिविधिलाई तीब्रता बनाउने'…