जनयुद्धमा माओवादीलाई जोगाइदिनेहरुको सम्मान
माओवादी केन्द्र भद्रपुर नगर कमिटी, झापाले शसस्त्र जनयुद्धकालमा पूर्णकालीन कार्यकर्ताहरुलाई आश्रय दिएका २१ जना सहयोगी तथा उनका परिवारलाई सम्मान गरेको छ । झापामा आयोजित कार्यक्रममा माओवादी केन्द्रीय सदस्य एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनीहरुलाई कदरपत्र प्रदान गरेका हुन् ।
माओवादी नेतृत्वमा २०५२ फागुन १ गतेदेखि शुरु भएको १० वर्षे जनयुद्धमा मुुलुकको राजनीतिक रुपान्तरणका लागि क्रान्तिकारी योद्धालाई सेल्टर दिएर क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका …