चीनले दिन चाहेको, नेपालले लिन नपाएको
भूराजनीतिक दाउपेचले नेपाललाई कस्तो बनाइदियो भने, दिन चाहनेले दिन्छु भन्दा पनि लिन आनाकानी गर्नुपर्ने ! यस्तै भएर रुसले गरेको विश्वासमा समस्या उत्पन्न भएको छ । फेरि चीनसँग करिव–करिव त्यही हुँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज ५ गते अमेरिकाबाट सीधै चीन उत्रिने कार्यक्रम छ । उक्त भ्रमणका सन्दर्भमा कतिपय चासो चीनका तर्फबाट, कतिपय नेपालका तर्फबाट पेश हुनु स्वाभाविक मानिन्छ । तर, चीनले नेपाललाई लक्ष्य गर्दै अगाडि सार्न चाहेका कतिपय महत्वाकांक्षी पर…