देशमा अनर्थ हुँदैछ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय नसच्चिए मुलुकमा अनर्थ हुने बताएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक,अलोकतान्त्रिक भन्दै उनले सच्याउनुको विकल्प नभएको उल्लेख गरेका छन् । ‘आन्दोलनको बलमा नै प्रधानमन्त्रीको असंवैधानिक कदम सच्याउन सकिन्छ’ भन्दै पौडेलले आन्दोलनमा उत्रिन र आन्दोलित हुन आमकार्यकर्तालाई आग्रह गरेका हुन् ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले संसद पुनर्स्थापनाको पक्षमा बोल्न नहुने सभापति श…