संसद विघटन बेठिक, ओलीको कदम चैं ठीक ?
– साहस न्यौपाने
राजनीतिमा नैतिकता त्यति धेरै हुँदैन र आवश्यकता पनि पर्दैन भनिन्छ । त्यसैले होला प्रधानमन्त्री केपी शर्मा ओलीले राजकीय सत्ताको दुरूपयोग गरेर जननिर्वाचित संस्था विघटन गर्ने हिम्मत देखाउनुभएको । नैतिकताको कसीमा घोटेर हेर्दा समकालीन नेपाली राजनीतिका थोरै पात्रहरू मात्र नैतिकताको परीक्षामा उत्तिर्ण होलान् । पछिल्ला राजनीतिक घटनाक्रमले राजनीतिमा पनि नैतिकता हुन्छ र ? भन्ने प्रश्नलाई झन् उजागर गरिदिएको छ ।
राजनीतिमा नैतिकताको सवाल उठ्दै गर्दा संसद विघटनपछि पूर्व सभामु…