साना जुट्दै, पुरानाचाहिँ फुट्दै
देशको सबभन्दा ठूलो पार्टी दोस्रोचोटि फुट्नै लाग्दा एउटा सानो पार्टी भने दोस्रोचोटि जुटिरहेको छ ।
०४७ सालदेखि जनताको मुख–मुखमा झुण्डिएको ‘एमाले’ नामको ठूलो कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुग्नै लाग्दा संसदमा शून्य उपस्थिति भएको विवेकशील साझा भने सशक्त बन्ने उद्देश्यसाथ दोस्रोपटक एकीकृत भएको छ । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग विवेकशील नेपालीको एकता प्रक्रियालाई निर्वाचन आयोगले ६ गते शुक्रबार टुंग्याएको छ ।
उता, गोपाल किराँतीले व्युँताएको माओवादी केन्द्र सर्वोच्चको फैसल…