श्रमकानुन कार्यान्वयनमा नेता नेपालको जोड
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले श्रमजीवी तथा मजदुर वर्गका समस्याप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।‘श्रमजीवी तथा मजदुर वर्गले उठाउँदै आएको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रम कानुनमा गरिएका व्यवस्थाको कार्यन्वयन जस्ता मागप्रति गम्भीर बन्न र कोरोना महामार…