प्रधानमन्त्रीको पनि उस्तै हो पिरलो
कहिले देशका शक्तिशाली प्रधानमन्त्री त कहिले शक्तिसम्पन्न मुलुकका राजदूत पीडामा परिरहन्छन् । तर, उपचार सम्भव हुँदैन । ठूलाबडाका लागि त तत्कालै ‘गेटवे’ बन्द गराएर भए पनि थामथुम पारिएला तर सानातिनाले जाने कहाँ ?
भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा डोमेन दर्ता गरेर ‘केपीओलीडटकम’ ठेगानाको एउटा वेभसाइट सार्वजनिक भयो । र, त्यसमा अश्लील दृश्यसहितका आपत्तिजनक सामग्री प्रशारित गरियो । ओली पहिलोचोटि ०७२ मा प्रधानमन्त्री भएलगत्तै बनाइएको ‘केपीओली डटकम डट एनपी’ आधिकारिक वेभसाइट …