पछि हटे अमेरिकी राष्ट्रपति, ट्रम्पद्वारा बाइडेन पराजित भएको टिप्पणी
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफू आगामी राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हटेको बताएका छन् । ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा पार्टी र मुलुकलाई एकताबद्ध गर्न राष्ट्रपतीय दौडबाट पछि हटेको जानकारी दिएका छन् ।
८१ वर्षीय बाइडेनले अमेरिका परिवर्तनको संघारमा रहेको जनाएका छन् । उनले भने, ‘नयाँ पुस्तामा नयाँ आशा हस्तान्तरण गर्ने समय भएकाले यस्तो निर्णय गरिएको हो । उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवार बन्नेछिन् ।’…