ओलीको सपथ र टिंकर नाका खुला एकै दिन
– शंकरसिंह धामी
काठमाडौंमा नयाँ सरकारको प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले सपथ लिएकै दिन दार्चुलाको उत्तरीक्षेत्रमा पर्ने नेपाल–चीन सिमानाका तिंकर खुलेको छ । चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएको छ र नेपाली व्यापारीलाई ताक्लाकोट आउन भनेको छ । अतिक्रमित भूमिको छेउ भएर जोडिएको यो नाका ५ वर्षदेखि बन्द थियो । व्यासक्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको अनौपचारिक जानकारी मिलेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
छाङरू गाउ…