माओवादीमा जुर्मुराए जेन-जी, २५ प्रतिशत कोटा माग
नेकपा माओवादी केन्द्रको सबै तहका कमिटीमा २५ प्रतिशत जेन–जीको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।
सो पार्टीमा आवद्ध (१२–२८) उमेर समूहका युवाहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग अघि सारेका हुन् । पार्टीको सबै तहका कमिटी पुनर्गठन गरी न्यूनतम २५ प्रतिशत पदमा जेन–जीको प्रतिनिधित्व अनिवार्य गर्न उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
पार्टीका सबै विभाग/संगठनहरूमा जेन जी समन्वय समिति वा विभाग गठन गर्न पनि …