आरजुको घाटा सवा अर्ब
जेनजी ध्वंशका क्रममा राज्यलाई खर्बौं रुपैयाँको क्षति भएको छ । विद्याको मन्दिर पनि जलाइएको छ । विद्यालय शान्ति क्षेत्र हो जहाँ आगजनी, हिंसात्मक गतिविधि, आन्दोलन, हुलदंगा गर्न पाइँदैन भनिन्छ तर, आफूलाई चेतनशील र पढेलेखेको जमात भन्नेहरूले समेत शिक्षाको महत्व बुझेनन् ।
र, विद्यार्थीहरू पढ्दै आएको संरचनामा रिस पोख्ने काम भयो । राजधानीकै चर्चितमा गनिने ग्लोबल कलेज भग्नावशेषमा परिणत भएको छ । मध्य बानेश्वरस्थित उक्त कलेज नेताको छोराछोरी पढ्ने भन्दै पेट्रोल छर्केर आगो लगाइँदा माओ…