सुशीला कार्की सरकार,के हो आजको दरकार ?
नेपालीमा एउटा उखान छ- ‘काम कुरो एकातिर,कुम्लो बोकी ठिमीतिर !’,भन्ने एउटा तर गर्ने अर्को प्रवृतिप्रति लक्षित यो उखान यतिबेला सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गतिविधिसँग मिल्न गएको छ ।
जेन-जी आन्दोलनका नाममा मच्चाईएको विध्वंशको बलमा गठित यो सरकारलाई फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रष्ट म्याण्डेट तोकिएको छ । प्रधानमन्त्री कार्कीको नियुक्ति पत्रमै 'निर्वाचन सम्पन्न गर्ने गरी' भनेर सरकारको प्राथमिकता किटान गरिएको छ । राजनीतिक दललगायत…