काँग्रेसका कारण कोशीमा मन्त्रिमण्डल विस्तार अलपत्र
नेपाली काँग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा कोशी प्रदेशमा सरकार पुनःगठन अलपत्र परेको छ । संघमा नेकपा एमाले–काँग्रेस गठबन्धनको सरकार बनेको एक महिना बित्न लाग्दासमेत कोशीमा सरकार पुनःगठन हुन नसकेको हो ।
आन्तरिक गुटमा बढेको कलह र आकांक्षीहरु धेरै हुँदा काँग्रेसले मन्त्रीको नाम दिन नसकेको बताइन्छ । एमालेसँग सत्ता साझेदार बनेर तीन वटा मन्त्रालय पाएको माओवादी गत साउन ११ गते सरकारबाट बाहिरिइसकेको छ । काँग्रेसले मन्त्रीको नाम नदिँदा प्रदेश मुख्यमन्त्री एमाल…