प्रचण्डको पार्टी फुटाइने खतरा
गत हप्ता सत्ता राजनीतिमा केपी ओलीबाट धोका खाएका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको उपल्लो तहका नेताबीच प्रचण्डनिवास खुमलटारमा भलाकुसारी भयो । प्रचण्डले फकाउन र सँगै अघि बढौँ भन्ने प्रस्ताव राख्न बोलाएका समाजवादी नेताहरूले भने त्यो भेटघाटलाई मनको तीतो पोख्ने अवसरका रूपमा प्रयोग गरे । समाचार स्रोतका अनुसार प्रचण्डले विगतमा जे जस्तो भए पनि अब भने सहयात्रा नै गर्नेगरी अघि बढौँ भन्ने प्रस्ताव राख्नुभएको थियो । प्रस्ताव भुइँमा खस्न नपाउँदै समाजवादीका नेताले प्रतिप्रश्नक…