सात पटक म्याद थपियो, अझै अलपत्र
– यदुनाथ बञ्जारा
पोखरा महानगरपालिका–२९ मुसेटुडा र ३३ को तिक्लाङ जोड्ने पुल निर्माण वर्षौंदेखि अलपत्र छ । तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकी विभिन्न बहाना बनाएर ७ औँ पटकसम्म ठेक्काको म्याद थप्ने काम भएको छ । निर्माण कम्पनीले बहाना खोजेर ठेक्का लगाउने कार्यालयलाई चित्त बुझाउने र स्वार्थ सिद्ध गर्ने कार्य हुनुलाई सामान्य मान्न थालिएको छ ।
लुम्बिनी लोहनी मृत सञ्जीवनी जेभी काठमाण्डूले १४ करोड ५४ लाख ५२ हजारमा पाएको उक्त ठेक्का मिति २०७४ साल असार ७ गते स…