हामी फेरि उठ्नेछौँ !
जेन जी आन्दोलनमा सबै कुरा ध्वस्त भएपछि बेपत्तै भएका दलीय नेताहरू अब विस्तारै बाहिर आउँदै छन् । बाहिर आएर आ–आफ्नो पार्टी कार्यालयतिर गइरहेका छन् जो आन्दोलनका क्रममा पूरै ध्वस्त भएको थियो । नेताहरू बाहिर आउनुअघि कार्यकर्ताले एउटा नयाँ नारा सार्वजनिक गरेका छन्— हामी फेरि उठ्नेछौँ ।
नारा राम्रो छ । समसामयिक पनि ! अब त नउठी सुखै छैन । जसरी भए पनि उठ्नै पर्छ । किनभने सरकारले फागुन २१ गते चुनावको घोषणा गरिनै सकेको छ । फागुन २१ मा चुनाव गर्छु भनेपछि सरकार…