सुशीलाले जवाफ नदिएपछि नमस्कार गरेर नाङ्गै खुट्टा फर्किएँ
चैतन्यलाल श्रेष्ठ गोर्खाको आरुघाटस्थित भीमोदय स्कूलको प्रधानाध्यापक हुँदा पूर्वप्रधानमन्त्री प्रचण्ड त्यहीं शिक्षक थिए । चैतन्यका तीन सन्तान रञ्जनलाल, उपकारलाल र गणपति हुन् । तिनैजना सामाजिक कर्ममा उत्तिकै सक्रिय छन् । शुरुमा पर्यटनतर्फ सिफारिस गरिएका र भोलिपल्टै भूमि र कृषि मन्त्रालयतिर सारिएपछि चप्पल लगाएरै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका परराष्ट्रविद हिरण्यलालका भतिजको नाम हो गणपति । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीद्वारा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठला…