भन्नलाई राजधानी, आपत पर्दा कताबाट जानी ?
लामो राजनीतिक संघर्ष, बलिदान र रक्त सिञ्चित राजनीतिबाट हामीले संघीयता र गणतन्त्र ल्यायौँ भनी सगर्व भाषण गर्नेहरूलाई बागमती प्रदेशको अवस्था देख्दा लाज लाग्ला कि नलाग्ना कुन्नि ?
कुरा राजधानी हेटौँडाको हो । यहाँबाट काठमाडौँ जोड्ने ६ वटा बाटा छन् । तर, कुनै पनि बाटोले आपतको बेला काम दिँदैन । धन्न, कुशकुमार जोशीहरूले खोल्ने भनेको भीमफेदी–काठमाडौँ सुरुङमार्ग खुलेन र ! नत्र त्यो बाटोको पनि हविगत त्यस्तै हुन्थ्यो कि ? अचेल चियापसलतिर जोशी र पूर्व सांसद एवं सुरुङम…