प्रचण्डको बानी, उनलाई नै हानी
सत्ता र शक्तिमा हुँदा शत्रु र मित्रको ख्याल नगर्ने, हातमा बन्दुक हुँदा जथाभावी पड्काउँदै हिँड्ने अनि आफू कमजोर हुनासाथ हारगुहार गर्दै हिँड्ने बानी माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा देखिएको छ ।
अन्य राजनीतिक दलसँग मिलेर बलियो शत्रुुविरुद्ध मोर्चा कस्दै परास्त गर्नु अलग्गै कुरा हो तर आफू बलियो हुँदा कसैलाई बाँकी नराख्ने प्रवृत्ति हावी भएपछि अहिले माओवादीकेन्द्र एकलकाँटे अवस्थामा पुग्न लागेको देखिँदैछ । कहिले नेपाली कांग्रेस, कहिले एमाले, कहिले एकीकृत…