जर्नेललाई सत्ताइस लाख जरिवाना
जर्नेल प्रेम शाहीले ५९ दिनको हिरासत बासपछि २७ लाख रूपैयाँ जरिवाना तिरेर छुटकारा पाएका छन् । हतारहतार यो फैसला पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाका पालादेखि महत्वपूर्ण विभागीय जिम्मेवारीप्राप्त ताराध्वज पाण्डेको कोर्ट मार्शलले गरेको हो । पूर्णचन्द्र र पाण्डेकी आमा दिदीबहिनी नाताका भएकाले त्यतिबेला शाहीसँगै यी पाण्डेको विशेष चहलपहल हुने गथ्र्यो । यसैअनुसार लाठी नभाँचिने र सर्प पनि मर्ने सिद्धान्तअनुरूप हल्का सजायँ गरिएको र सेनापति प्रभुराम शर्माले जस्ताको तस्तै पास गरेको बु…