सेनाको काण्ड प्रहरीतिर सल्किँदै
सेनामा जन्ममितिको लफडाले मान्छेहरूको जागिर मात्र गएन, पूर्वदुईतारे जर्नेल प्रेम शाही अहिलेसम्म सैनिक हिरासतमै राखिएका छन् । प्रहरीमा भने भटाभट राजीनामा दिएर मामिला सल्टाउने लहर शुरु भएको छ ।
सेनाबाट प्रहरीतिर सरेको जन्ममितिको रोगले फेरि अर्का डिआइजी श्यामलाल ज्ञवालीलाई घेरा हालेको छ । अर्का डिआइजी भीमप्रसाद ढकाल पनि यही काण्डमा मुछिएका थिए । तर, भोजपुरे ढकाललाई संखुवासभाका अख्तियारका मान्छेहरूले त्यहीँबाट चोख्याएर पठाए । यसअघि त्यस्तै उजुरी अख्तियारमा परेपछि चै…